काठमाडौँ- मुक्तिनाथ विकास बैंक लिमिटेडले कास्की मोडेल हस्पिटलसँग छुट सम्झौता गरेको छ।
सम्झौताअनुसार बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङका ग्राहकले पोखरा न्यू रोडस्थित कास्की मोडेल हस्पिटलका विभिन्न सेवासुविधामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
मुक्तिनाथ विकास बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न देशभर रहेका भिसा नेटवर्कमा आबद्ध एटीएमबाट निःशुल्क रकम निकाल्ने व्यवस्था गरेको छ।
प्रकाशित: ४ जेठ २०८० १४:०७ | Thursday, May 18, 2023
प्रतिक्रिया



