भ्रष्टाचारविरुद्ध राप्रपा पनि सडकमा

हिमाल प्रेस ४ जेठ २०८० ९:३१ | Thursday, May 18, 2023
भ्रष्टाचारविरुद्ध राप्रपा पनि सडकमा फाइल तस्बिर- हिमाल प्रेस

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भ्रष्टाचारविरुद्ध विरोधसभा गर्ने भएको छ।

आज (बिहीबार) काठमाडौँस्थित वसन्तपुरमा विरोधसभा गर्ने तयारी राप्रपाले गरेको हो।

राप्रपाले नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोह र संलग्न उच्चस्तरीय नेताहरूलाई कारवाहीका लागि दबाब दिन विरोध कार्यक्रम आयोजना गरेको हो।

सभालाई पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सम्बोधन गर्नेछन्।

यस्तै आजै नेकपा एकीकृतत समाजवादीले पनि नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारवाही गर्न दबाब दिन माइतीघर मण्डलामा प्रदर्शन गर्दैछ।

प्रकाशित: ४ जेठ २०८० ९:३१ | Thursday, May 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast