काठमाडौँ- स्मार्टफोन निर्माता साओमीले ‘रेडमी १० २०२२’ स्मार्टफोन नेपालमा छुटमा बेचिरहेको छ। गत सोमबार (जेठ २ गते) देखि उक्त स्मार्टफोन छुटमा बेच्न थालेको हो। आगामी जेठ १७ गतेसम्म १५ दिनका लागि छुट दिइने कम्पनीले जानकारी दिएको छ।
आफ्ना उपभोक्तालाई सुपथ मुल्यमा गुणस्तरीय फोनको अनुभव गराउने उद्देश्यले छुट अफर ल्याइएको कम्पनीको भनाइ छ। साओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले ग्राहकले सुपथ मूल्यमा उच्चगुणस्तरको स्मार्टफोनहरू चाहेकाले उक्त छुट अफर ल्याइएको बताए।
‘हामी विश्वस्त छौँ कि रेडमी १० २०२२ को प्रभावशाली सुविधाहरू र कार्यसम्पादनका साथ ग्राहकको अपेक्षाहरू पूरा गर्न यो अफरले मद्दत गर्नेछ,’ उनले भने। उक्त स्मार्टफोनमा ६.५ इन्चको एफएचडी प्लस डिस्प्ले छ।
प्रकाशित: ३ जेठ २०८० १६:५२ | Wednesday, May 17, 2023
प्रतिक्रिया




