‘हाम्रै साथीहरू नक्कली शरणार्थी मुद्दामा जोडिनुले कांग्रेसको गरिमामा आँच पुग्यो’

हिमाल प्रेस ३ जेठ २०८० १४:३४ | Wednesday, May 17, 2023
‘हाम्रै साथीहरू नक्कली शरणार्थी मुद्दामा जोडिनुले कांग्रेसको गरिमामा आँच पुग्यो’ फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका नेताहरूको नाम जोडिनुले कांग्रेसको गरिमामा आँच पुगेको बताएका छन्।

बुधबार काठमाडौँमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले नक्कली शरणार्थी प्रकरण लज्जास्पद र राष्ट्रघाती काम भएको बताएका हुन्। उनले नक्कली शरणार्थीको मुद्दा अन्तर्राष्ट्रिय विषय बनेको र यसलाई ढाकछोप गर्न नहुने उनले बताए।

‘हाम्रै साथीहरू नक्कली भुटानी शरणार्थीको मुद्दामा फस्नुभएको छ, फसाइएको छ, त्यसले नेपाली कांग्रेसको मात्रै होइन, नेपालीकै शिर निहुरिएको छ,’ उनले भने, ‘यसलाई हामीले ढाकछोप गर्ने कोसिस गरेमा कांग्रेसको अवस्था के हुन्छ म भन्न सक्दिनँ।’

कुनै बहानामा कसैले पनि गलत काम गरेको भए कारबाही हुनुपर्ने उनले धारणा व्यक्त गरे। ‘देशको नागरिकलाई अनागरिक बनाइ मानव बेचबिखन गरेर विदेश पठाइदिने भनेको त यो भन्दा लज्जास्पद कुरा के हुनसक्छ?,’ उनले प्रश्न छ।

प्रकाशित: ३ जेठ २०८० १४:३४ | Wednesday, May 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast