दैलेखमा चट्याङ लागेर एकै परिवारका चार जना घाइते

हिमाल प्रेस २ जेठ २०८० ७:१३ | Tuesday, May 16, 2023
दैलेखमा चट्याङ लागेर एकै परिवारका चार जना घाइते

दैलेख- दैलेखमा आइतबार राति चट्याङ पर्दा एकै परिवारका चार जना घाइते भएका छन्।
राति सुतिरहेका बेला साढे १० बजेतिर चट्याङ लागेर उनीहरू घाइते भएका हुन्।

घाइते हुनेहरूमा डुंगेश्वर गाउँपालिका-२ लाँकुरीका २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विक रहेका जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिए।

उनीहरूलाई आइतबार राति नै एम्बुलेन्सबाट उपचारका लागि दैलेख अस्पताल पुर्‍याइएको छ। चारै जनाको अवस्था खतरामुक्त रहेको दैलेख अस्पतालका इञ्चार्ज डा। धर्मराज रेग्मीले जानकारी दिएका छन्।

प्रकाशित: २ जेठ २०८० ७:१३ | Tuesday, May 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast