राप्रपा केन्द्रीय समिति बैठक आज पनि बस्ने, प्रतिवेदनमाथि सुझाव लिने

हिमाल प्रेस २ जेठ २०८० ६:२२
4
SHARES
राप्रपा केन्द्रीय समिति बैठक आज पनि बस्ने, प्रतिवेदनमाथि सुझाव लिने राप्रपा केन्द्रीय समिति बैठकमा सुझाव लिँदै अध्यक्ष लिङ्देन/ तस्बिर : रेखा थापा फेसबुक

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समितिको पूर्ण बैठक आज (मंगलबार) बिहान ८ बजे पुनः बस्ने भएको छ । काठमाडौँको धुम्बाराहीमा हिजो (सोमबार)देखि सुरु भएको बैठकमा प्रस्तुत गरिएका प्रतिवेदनमा छलफलको क्रम जारी रहेकाले आज पुनः बस्ने गरी स्थगित गरिएको थियो ।

बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले प्रस्तुत गरेको ‘यथास्थितिवादी राजनीतिक कित्ताको एक मात्र विकल्प राप्रपा’ शीर्षकको प्रतिवेदनमाथिको छलफलमा नेताहरूले बोल्ने क्रम सकिएको छैन।

उक्त प्रतिवेदनमा महाधिवेशन र पुस्तान्तरण, तीनै तहको निर्वाचनमा पार्टीको अवस्था, सम्वर्द्धनवादी विश्व सङ्गठनमा पार्टीको सहभागिता, राजसंस्था, हिन्दु राष्ट्र संविधान विपरीत नभएको विषय उल्लेख छ ।

त्यसैगरी, राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्म दिवसमा सरकारले बिदा उपलब्ध गराएर गल्ती सच्याएको, पछिल्लो पटक सरकारमा पार्टीको सहभागिताका विषय, सरकारमा ४० दिन रहँदा गरेका कार्यका बारेमा प्रतिवेदनमा विषय उल्लेख गरिएको छ ।

महामन्त्री धवलशम्शेर राणाले सांगठनिक प्रतिवेदन, सबै प्रदेश अध्यक्षबाट सांगठनिक गतिविधिबारे प्रतिवेदन, सचिवालयसम्बन्धी र आर्थिक प्रतिवेदन पनि प्रस्तुत गरिएको छ । मुलुकको समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल गरिने नेता राजाराम श्रेष्ठले जानकारी दिए ।

 

प्रकाशित: २ जेठ २०८० ६:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast