काठमाडौँ- फ्रान्सको कान्स सहरमा हुने ‘ला फेमे इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल’मा सुवर्ण थापा निर्देशित फिल्म ‘द सेक्रेट्स अफ राधा’ ७ विधामा मनोनयन भएको छ।
लेखन, निर्देशन, अभिनय, छायांकन, सेट डिजाइन, सम्पादन गरी ७ विधामा मनोनयनमा परेको निर्देशक थापाले जानकारी दिए। उक्त फेस्टिभल आगामी २३ मेमा वितरण हुनेछ।
‘ला फेमे इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल’ले विशेष गरी महिला फिल्मकर्मी र महिला चरित्रलाई प्राथमिकता दिने उद्देश्यले फेस्टिभलको आयोजना गर्दै आएको छ।
‘द सेक्रेटस् अफ राधा’ गत वर्ष भदौमा प्रदर्शन भएको थियो। हल वितरकबाट फिल्मले शो कम पाएको भन्दै निर्माण टिमले प्रदर्शनको तेस्रो दिन हलबाट फिल्म उतारेका थिए।
प्रकाशित: १ जेठ २०८० १५:४७ | Monday, May 15, 2023
प्रतिक्रिया





