‘नीरफूल’को ट्रेलरमा हराएकी छोरी खोज्दै दयाहाङ

हिमाल प्रेस ३० वैशाख २०८० १०:३१ | Saturday, May 13, 2023
‘नीरफूल’को ट्रेलरमा हराएकी छोरी खोज्दै दयाहाङ

काठमाडौँ- आगामी जेठ २६ मा प्रदर्शन हुने फिल्म ‘नीरफूल’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर हाइलाइट्स नेपाल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

दुई मिनेट ३६ सेकेन्डको ट्रेलरमा भूकम्प र हराएकी छोरीको खोजीमा रहेका एक दम्पतीको संघर्ष प्रस्तुत गरिएको छ।

फूलमान बलले निर्देशन गरेको फिल्ममा दयाहाङ राई, रेखा थापा, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकी, पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरीलगायतको अभिनय छ।

फिल्म प्रमोद कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादनमा बनेको छ।

 

प्रकाशित: ३० वैशाख २०८० १०:३१ | Saturday, May 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast