एमालेको स्थायी कमिटी बैठक सुरु

हिमाल प्रेस ३० वैशाख २०८० ९:४२ | Saturday, May 13, 2023
एमालेको स्थायी कमिटी बैठक सुरु

काठमाडौँ- नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ। ललितपुरस्थित एमाले मुख्यालयमा बैठक सुरु भएको हो।

बैठकले पार्टीको एकीकृत वार्षिक कार्य योजना बनाउने बताइएको छ। एमालेले २०८० को निर्वाचनलाई लक्षित गरेर अहिलेदेखि नै वार्षिक कार्यक्रम तय गर्ने तयारी गरेको छ।

आजको बैठकले वार्षिक कार्यक्रमको खाता तयार पार्ने बताइएको छ। स्थायी कमिटी बैठक सकिएसँगै पार्टीको केन्द्रीय कमिटी बैठक बस्नेछ। केन्द्रीय कमिटी बैठक आजै समापन गर्ने तयारी छ।

प्रकाशित: ३० वैशाख २०८० ९:४२ | Saturday, May 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast