एमाले केन्द्रीय समिति बैठकमा ५ प्रदेशका रिपोर्ट पेस , अब समूहगत छलफल हुने

हिमाल प्रेस २९ वैशाख २०८० १२:१३
6
SHARES
एमाले केन्द्रीय समिति बैठकमा ५ प्रदेशका रिपोर्ट पेस , अब समूहगत छलफल हुने

काठमाडौँ- नेकपा एमाले केन्द्रीय कमिटीको पाँचौँ बैठक अन्तर्गतको दोस्रो दिनको बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा दोस्रो दिनको बैठक सुरु भएको हो। शुक्रबारको बैठकमा मिसन ग्रासरुट अभियान अन्तर्गत पाँचवटा प्रदेशका बाँकी रिपोर्ट प्रस्तुत हुँदैछन्।

जसमध्ये गण्डकीबाट सचिव पद्मा अर्याल, बागमतीबाट सचिव गोकर्ण विष्ट, सम्पर्क समन्वय कमिटीको प्रतिवेदन स्थायी कमिटी सदस्य तथा इन्चार्ज लालबाबु पण्डित र उपत्यका विशेष प्रदेश कमिटीको प्रतिवेदन पोलिटब्युरो सदस्य तथा इन्चार्ज सुजिता शाक्यले रिपोर्ट प्रस्तुत गरेका छन्।

प्रस्तुत रिपोर्टमाथि समूह विभाजन गरी शुक्रबारै छलफल हुने एमालेले जनाएको छ।

‘रिपोर्टहरूमाथि ८ समूहमा छलफल हुनेछ र बैठकसमक्ष प्रदेशका तर्फबाट कार्य योजना पेस हुनेछ’, प्रचार विभाग प्रमुख विष्णु रिजालले भने, ‘त्यसलाई एकीकृत रूप दिएर वार्षिक कार्य योजना बनाउन शनिबार बिहान स्थायी कमिटी बैठक बस्नेछ। त्यसपछि बस्ने केन्द्रीय कमिटी बैठकमा कार्य योजना प्रस्तुत हुनेछ।’

बैठकको पहिलो दिन पाँच प्रदेशका संयोजकहरूले आ-आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए।

पहिलो दिन सुदूरपश्चिमबाट सचिव लेखराज भट्ट, कर्णालीबाट सचिव योगेश भट्टराई, लुम्बिनीबाट सचिव छविलाल विश्वकर्मा, मधेशबाट सचिव रघुवीर महासेठ र कोशी प्रदेशबाट स्थायी कमिटी सदस्य तथा इन्चार्ज राजेन्द्र गौतमले प्रतिवेदन प्रस्तुत गरेका हुन्।

 

प्रकाशित: २९ वैशाख २०८० १२:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 1 =