जेठ ११ देखि ‘सक्किगोनी ३’

हिमाल प्रेस २९ वैशाख २०८० १२:१३ | Friday, May 12, 2023
जेठ ११ देखि ‘सक्किगोनी ३’

काठमाडौँ- आगामी जेठ ११ देखि लोकप्रिय हास्य टेलिफिल्म ‘सक्किगोनी’ को तेस्रो शृङ्खला प्रसारण हुने भएको छ। टेलिफिल्मको टिजर सार्वजनिक गर्दै निर्माण टिमले जेठ ११ देखि प्रसारणमा आउने जानकारी दिएको हो।

सार्वजनिक टिजरमा वैदेशिक रोजगारीमा जानुपर्ने नेपालीको बाध्यताको कथालाई प्रस्तुत गरिएको छ। निर्माण टिमका अनुसार सिरियल राति ८ बजे हिमालय टेलिभिजनबाट प्रसारण हुनेछ। त्यस्तै राति ९ बजे इएच डिजिटल नामक युट्युब च्यानलमा सार्वजनिक गरिनेछ।

पहिलो सिजनदेखि नै टेलिफिल्मको लेखन तथा निर्देशन कुमार कट्टेल र अर्जुन घिमिरेले गर्दै आएका छन्। यस सिजनमा पनि कलाकारहरू पुरानै रहने निर्माण टिमले जनाएको छ।

प्रकाशित: २९ वैशाख २०८० १२:१३ | Friday, May 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast