आलिशानमा गुञ्जिए यश कुमार

हिमाल प्रेस २८ वैशाख २०८० २१:४९ | Thursday, May 11, 2023
आलिशानमा गुञ्जिए यश कुमार

काठमाडौँ- गायक तथा अभिनेता यश कुमार बुधबार राति कमलपोखरीस्थित आलिशान लाउन्ज एन्ड क्लबमा गुन्जिए। लाइभ ब्यान्डसहित स्टेजमा उक्लिएका उनले एक दर्जन बढी गीत गाएर दर्शक झुमाए।

साँझ ८ बजे आलिशान ब्यान्डको प्रारम्भिक प्रस्तुतिसँगै सुरु भएको कन्सर्टमा राति ११ बजेमात्रै यश स्टेजमा उत्रिएका थिए। ‘पुरानो गाऊ’ गीतबाट आफ्नो प्रस्तुति थालेका उनले सुरुमा आफ्नो पुराना हिट सेन्टिमेन्टल गीतहरू हिजो अर्कैसँग देखेँ…, म आफ्नै इनार बनाउँछु…, बिरानो यो मन्दिरमा…, तिम्रो मन बदलिएछ…लगायतका गीत गाए।

त्यसपछि डान्सिङ नम्बरमा प्रवेश गर्दै दर्शक नचाए। उनले ‘तुल्सी आँगनमा रोपौला… र तिमीलाई कुनै पल…गीत गाउँदा दर्शकले ‘वान्स मोर’को हुटिङ गरे। ‘आलिशानमा यो मेरो पहिलो प्रस्तुति थियो, दर्शकहरूको अप्रत्याशित प्रेम पाएँ,’ यश कुमारले भने।

आलिशानले अब हरेक महिना यसैगरी सेलिब्रेटी साँझ गर्ने तयारी गरेको आलिशानका सञ्चालक राम थापाले बताए। ‘कोभिडयता हाम्रो सेलिब्रेटी साँझ कार्यक्रम रोकिएको थियो,’ उनले भने, ‘अब हरेक महिना प्रिय कलाकारहरूसँगै झुम्नेछौँ।’

प्रकाशित: २८ वैशाख २०८० २१:४९ | Thursday, May 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast