सन् २०२२ मा टोयोटाको नाफा प्रक्षेपण गरिएकाेभन्दा बढी

हिमाल प्रेस २७ वैशाख २०८० २२:०३ | Wednesday, May 10, 2023
सन् २०२२ मा टोयोटाको नाफा प्रक्षेपण गरिएकाेभन्दा बढी

टोकियो- जापानी कार निर्माता कम्पनी टोयोटाले गत वर्षको नाफा प्रक्षेपण गरिएकाेभन्दा बढी भएको बताएको छ। कम्पनीले बुधबार आफ्नो पूरा वर्षको खुद नाफाले यसअघि प्रक्षेपण गरेको नाफा उछिनेको बताएको हो।

कम्पनीले आगामी आर्थिक वर्षका लागि समेत राम्रो बिक्री र राजस्व संकलनमा थप योगदानको प्रक्षेपण गरेको छ। जापानी फर्मले गत आर्थिक वर्षको लागि २.४५ ट्रिलियन येन (१८.१२ अर्ब अमेरिकी डलर)को शुद्ध मुनाफा भएको बताएको छ।

कोभिडले थला परेको विश्व अर्थतन्त्र र युक्रेनमा जारी युद्धका कारण प्रभावित बजारमा अपेक्षा गरिएको २.३६ ट्रिलियन येनको प्रक्षेपणभन्दा बढी रहेको कम्पनीको दाबी छ।

यद्यपि, एक वर्ष अघिको तुलनामा यो नाफा १४ प्रतिशत कम रहेको कम्पनीको भनाइ छ। सेमीकन्डक्टर आपूर्तिमा सुधार र उत्पादन स्थलहरूको प्रयासका कारण आगामी वर्षका लागि पूर्ण वर्षको खुद मुनाफा ५ प्रतिशतले वृद्धि भई २.५८ ट्रिलियन येन पुग्ने अनुमान कम्पनीले गरेको छ।

अधिकांश उद्योगले महामारीका कारण प्रभावित बजार र विश्वव्यापी चिप अभावको प्रभावसँग जुधिरहेको समय जापानी विशाल कार कम्पनीले सन् २०२२ मा लगातार तेस्रो वर्ष आफ्नो सबैभन्दा बढी बिक्री हुने सवारी साधनका रूपमा रेकर्ड राखेको कम्पनीको भनाइ छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत कोजी सातोले यो वर्ष ग्राहकलाई गाडी उत्पादन र डेलिभरी गर्न निकै कठिन वर्षका रूपमा बितेको बताए। टोयोटाले गत आर्थिक वर्षमा विश्वभर १ करोड ५ लाखभन्दा बढी कार बेचेको थियो। जसमा हिनो मोटर्स र दाइहात्सुजस्ता सहायक कम्पनीले बनाएका कार पनि समावेश थिए। रासस/एएफपी

प्रकाशित: २७ वैशाख २०८० २२:०३ | Wednesday, May 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast