फागुनभन्दा चैतमा महंगी बढ्यो, काठमाडौँ उपत्यकामा चर्को

हिमाल प्रेस २७ वैशाख २०८० १५:१८ | Wednesday, May 10, 2023
फागुनभन्दा चैतमा महंगी बढ्यो, काठमाडौँ उपत्यकामा चर्को

काठमाडौँ- चालू आर्थिक वर्षको चैतमा उपभोक्ता मुद्रास्फिति (मूल्यवृद्धि दर) ७.७६ प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७९/८०को साउनदेखि चैतसम्मकाे आर्थिक स्थितिअनुसार चैतमा उक्त मुद्रास्फिति रहेको हो।

उक्त मूल्यवृद्धि गत फागुनको तुलनामा उच्च हो। राष्ट्र बैंकका अनुसार फागुनमा मूल्यवृद्धि दर ७.४४ प्रतिशत रहेको थियो। चैतको उक्त मूल्यवृद्धि गत वर्षको चैतको तुलनामा पनि उच्च रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ। गत वर्ष चैतमा मूल्य वृद्धि ७.२८ प्रतिशत रहेको थियो।

राष्ट्र बैंकका अनुसार यस वर्ष चैतमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फिति ६.९३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको ८.४२ प्रतिशत रहेको छ।

राष्ट्र बैंकले काठमाडौँ उपत्यका, पहाड, तराई र हिमाल क्षेत्रको तुलनात्मक मुद्रास्फिति विश्लेषण गर्दै आएको छ। सोअनुसार चैतमा सबैभन्दा बढी महंगी काठमाडौँ उपत्यकामा रहेको छ।

काठमाडौँ उपत्यकामा ८.५७ प्रतिशत, तराईमा ७.६८ प्रतिशत, पहाडमा ७.०१ प्रतिशत र हिमालमा ७.४७ प्रतिशत मूल्यवृद्धि दर रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ।

प्रकाशित: २७ वैशाख २०८० १५:१८ | Wednesday, May 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast