शरणार्थी प्रकरणबारे गगन : नेता होस् कि उसका नाता पर्ने कसैलाई छोड्न हुँदैन

हिमाल प्रेस २७ वैशाख २०८० १३:४४ | Wednesday, May 10, 2023
शरणार्थी प्रकरणबारे गगन : नेता होस् कि उसका नाता पर्ने कसैलाई छोड्न हुँदैन

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले नक्कली शरणार्थी प्रकरणमा दोषी देखिएका कसैलाई नछाड्न सरकारलाई आग्रह गरेका छन्।

प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथिमकतामाथि छलफल गर्नेक्रममा उनले
नेता र नेताका नातापर्ने जो कोही संलग्न भएको पाइए पनि पक्राउ गर्नु पर्ने बताएका हुन्।

‘अहिलेसम्म जे भएको छ, म सरकारको प्रशंसा गर्छु। प्रधानमन्त्री र गृहमन्त्रीलाई यो सन्दर्भमा हार्दिक बधाई छ। संलग्न जुनसुकै दल र ओहदाको होस्, कारबाहीको दायरामा ऊ आउनैपर्छ’ उनले भने।

अनुसन्धानमा कुनै पनि नेताले दबाब दिन नहुने थापाको भनाइ छ। ‘कुनै दबाबले अनुसन्धान प्रभावित नहोस्। अनुसन्धान फ्रि र फेयर होस्। निर्दोष कोही पनि नपरोस्, तर दोषी छ भने नेता होस् कि नाता होस् एउटा पनि नछुटोस्,’ उनले भने ‘यो प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेक्यो भने योभन्दा अघि उसले सुशासनको नारा लगाउन सक्छ। तपाईंको फिल्म चल्छ। हाउसफुल हुन्छ नभए हल खाली हुन्छ।’

प्रकाशित: २७ वैशाख २०८० १३:४४ | Wednesday, May 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast