‘निष्क्रिय’ नागरिकता विधेयक प्रमाणीकरण गर्न लागेको भन्दै एमालेको आपत्ति

हिमाल प्रेस २७ वैशाख २०८० १३:१६ | Wednesday, May 10, 2023
‘निष्क्रिय’ नागरिकता विधेयक प्रमाणीकरण गर्न लागेको भन्दै एमालेको आपत्ति सांसद रघुजी पन्त। फाइल तस्बिर।

काठमाडौँ- नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रपति रामचन्द्र पौडेलले निष्क्रिय भएको नागरिकता विधेयक प्रमाणीकरण गर्न खोजेको भन्दै आपत्ति जनाएका छन्।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पन्तले राष्ट्रपतिले सो काम गर्न खोजेकोमा दुःख लागेको बताए।

उनले भने, ‘म सरकारलाई आग्रह गर्न चाहन्छु, तुरुन्त नागरिकता विधेयक यो प्रतिनिधि सभामा ल्याएर दर्ता गरियोस्। त्यसमाथि छलफल सुरु गरियोस्। त्यसलाई छिटो भन्दा छिटो दिनरात लगाएर पारित गर्न तयार छौँ । तर धुलो लागेर बसेको विधेयकलाई टकटक्याउँदै राष्ट्रपतिले झिकेर यो जारी गर्न मिल्छ कि मिल्दैन भनेर भनेर संविधानको भावले दिन्छ?, संविधानको संरक्षकले गर्ने काम हो यो?’

उनले राष्ट्रपति पौडेललाई प्रतिनिधि सभाको अधिकार नखोस्न आग्रह गर्दै कानुन बनाउन पाउने संसद्को अधिकार रक्षा गर्न आग्रह गरे।

प्रकाशित: २७ वैशाख २०८० १३:१६ | Wednesday, May 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast