काठमाडौँका तारको व्यवस्थापन आजदेखि

हिमाल प्रेस २५ वैशाख २०८० ७:२४
2
SHARE
काठमाडौँका तारको व्यवस्थापन आजदेखि Massive Tangle of cables and wires in the city of kathmandu Nepal.

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले अव्यवस्थित तारको आजदेखि व्यवस्थित गर्ने भएको छ। राजधानीको न्युरोड र माइतीघरमा रहेको अप्टिकल केबल तार व्यवस्थित गर्न लागिएको हो।

काठमाडौँ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका प्रतिनिधिबीच आइतबार भएको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरेको थियो।

यसअघि काठमाडौँ महानगरपालिकाले १५ दिनको समय दिएर वैशाख २७ भित्र तार व्यवस्थापन नगरे काटिदिने सूचना सार्वजनिक गरेको थियो।

महानगरको उक्त सूचनापछि इन्टरनेट सेवाप्रदायकले तार काटिए सेवा ‘ब्ल्याक आउट’ नै गर्न चेतावनी दिएका थिए। दूरसञ्चार प्राधिकरणले आइतबार मात्रै सूचना जारी गरेर इन्टरनेट अत्यावश्यक सेवा भएको यसको पूर्वाधारमा क्षति पुग्ने काम नगराउन अनुरोध गरेको थियो।

आइतबार भएको बैठकले राजधानीका विभिन्न क्षेत्रमा चरणबद्धरूपमा तार व्यवस्थापन गर्ने निर्णय गरेको इन्टरनेट सेवाप्रदायक संघ (आइस्पान) ले जानकारी दिएको छ।

सहमति अनुसार झुन्डिएका तार काट्ने र प्रयोग नभएका ५० प्रतिशत तार हटाइनेछ।

 

प्रकाशित: २५ वैशाख २०८० ७:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + seven =