आयात प्रतिबन्धको विरोधमा गाडी व्यवसायी आन्दोलनमा

हिमाल प्रेस १६ मंसिर २०७९ १५:३८
10
SHARES
आयात प्रतिबन्धको विरोधमा गाडी व्यवसायी आन्दोलनमा

काठमाडौँ– आयात प्रतिबन्धले प्रभावित भएको भन्दै अटोमोबाइल एसोसियसन अफ नेपाल (नाडा)मा आबद्ध व्यवसायी आन्दोलनमा उत्रिएका छन्। विदेशी मुद्राको सञ्चिति घटेपछि गत जेठदेखि सरकारले पेट्रोलबाट चल्ने सवारीसाधन र १५० सीसी माथिका मोटरसाइकललगायत अन्य वस्तुको आयात प्रतिबन्ध लगाएको छ।

सरकारको यस्तो निर्णयले व्यवसाय धरासायी भएको भन्दै अटोमोबाइल व्यवसायीहरूले आन्दोलनको घोषणा गरेका हुन्। आन्दोलनअन्तर्गत आजदेखि अटो व्यवसायीहरूले विरोधका नारा तयार पारिएको ब्यानर सामाजिक सञ्जालमा प्रयोग गर्ने भएका छन्। त्यसपछि आफ्नो गाडीमा नारा टाँस्ने, सोरुममा ब्यानर टाँस्ने र धर्ना दिने कार्यक्रम तय भएको नाडाले जनाएको छ।

व्यवसायीले ब्याजदर नियन्त्रण, शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था खारेज तथा मौद्रिक नीति परिमार्जन लगायतका विषय पनि मागमा समेटेका छन्। सरकारले सुरुमा १२ प्रकारका वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो। पछि विभिन्न समयमा खुकुलो बनाउँदै हाल पाँच प्रकारका वस्तु आयात गर्न नपाइने बनाएको छ। सवारीसाधन आयात प्रतिबन्ध मंसिर मसान्तसम्म कायम छ।

प्रकाशित: १६ मंसिर २०७९ १५:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + eighteen =