काठमाडौँ- सत्तारुढ गठबन्धनको बैठकमा आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताकाबारेमा छलफल भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको सत्ता गठबन्धनको बैठकमा सरकारको नीति तथा कार्यक्रम र प्राथमिकताबारे संसद्मा कसरी प्रस्तुत हुने विषयमा छलफल भएको हो। बजेट अधिवेशन आइतबार सुरु हुँदै छ।
बैठकपछि नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले बैठकलाई कसरी व्यवस्थित बनाउने भन्नेबारेमा छलफल भएको जानकारी दिए। यस्तै बैठकमा निजामती ऐन, संघीय शिक्षा ऐन, नागरिकता ऐनका बारेमा पनि छलफल छ।
प्रमुख सचेतक पाण्डेले प्रधानमन्त्रीले तत्काल विश्वासको मत लिनुपर्ने आवश्यकता नरहेको बताए। उनले बैठकमा विषयगत समितिलाई कसरी अघि बढाउने र प्रधानन्यायाधीशको नियुक्तिका बारेमा पनि छलफल भएको जानकारी दिए।
उनले भने, ‘विषयगत समितिलाई कसरी अघि बढाउने र सर्वोच्चमा प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया बारेमा छलफल भयो।’