सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको निर्णय

हिमाल प्रेस २२ वैशाख २०८० १९:२८ | Friday, May 5, 2023
सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको निर्णय

काठमाडौँ- रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। आज शुक्रबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

पार्टीका एक नेताका अनुसार वर्तमान सरकारले रास्वपाले अघि सारेका विभिन्न बुँदामा स्पष्ट जवाफ नदिएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहालले रास्वपालाई वर्तमान सरकारमा सामेल गराउन चाहेका थिए। रास्वपाले अब समर्थन फिर्ता लिएको जानकारी प्रधानमन्त्रीलाई दिनेछ।

 

प्रकाशित: २२ वैशाख २०८० १९:२८ | Friday, May 5, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast