काठमाडौँ– काठमाडौँको मातातीर्थमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। चन्द्रागिरि नगरपालिका-६ मातातीर्थमा बुधबार दिउँसो चट्याङ लागेर मकवानपुर भीमफेदी घर भई काठमाडौँ बस्दै आएका ३५ वर्षीय राजु तामाङको मृत्यु भएको हो।
निर्माणाधीन घरमा काम गरिरहेका बेलामा कौसीमा चट्याङ लागेपछि गम्भीर घाइते भएका तामाङको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए।
तामाङको शव परीक्षणका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ।
प्रकाशित: २० वैशाख २०८० २२:४१
प्रतिक्रिया