‘बाघ चाल’बाट अभिनयमा डेब्यु गर्दै दीपक मनाङे

हिमाल प्रेस २० वैशाख २०८० १५:१०
10
SHARES
‘बाघ चाल’बाट अभिनयमा डेब्यु गर्दै दीपक मनाङे

पोखरा- गण्डकी प्रदेशका सदस्य एवं पूर्व मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ आफ्नै फिल्मबाट अभिनयमा डेब्यु गर्ने भएका छन्।

अभिनेता सविन श्रेष्ठसँग मिलेर बनाउन लागेको ‘बाघ चाल’ मा उनी मुख्य भूमिकामा देखिनेछन्। दसैँअघि छायांकन सक्ने फिल्म निर्माण युनिटको लक्ष्य छ।

सम्राट बस्नेत निर्देशक रहेको फिल्मको कथा, पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन्। फिल्मको ९० प्रतिशत छायांकन नेपालमा र एक गीतसहितको बाँकी छायांकन अष्ट्रेलियामा हुने अभिनेता श्रेष्ठले बताए। एक्सन र लभस्टोरीमा आधारित यो फिल्ममा ३ नायक र २ नायिका हुनेछन्।

मनाङेले पहिलोपटक फिल्म ‘वन वे’ निर्माण गरेका थिए। पछि उनले ‘पोइ प¥यो काले’ र ‘दुई नम्बरी’ मा पनि लगानी गरेका थिए। आफूले अभिनयमा डेब्यु गर्न लागे पनि छोरा सिद्धार्थलाई फिल्म ‘वन वे’ मा उतारिसकेका थिए।

गत ४ मंसिरको प्रदेशसभा चुनावमा मनाङबाट स्वतन्त्र सांसदमा निर्विरोध भएका मनाङेले अहिले नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन्। २०७४ सालको प्रदेशसभा चुनाव जितेर उनी गण्डकी प्रदेश सरकारको राजनीतिक खिचातानीबीच तीनपटक मन्त्री बनेका थिए।

यसपालि भने कांग्रेस नेतृत्वको प्रदेश सरकारमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई मन्त्री बनाउन चाहेका छैनन्।

प्रकाशित: २० वैशाख २०८० १५:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast