माध्यमिक तहमा ३७० जना परीक्षार्थी भएनन् सिफारिस

हिमाल प्रेस २८ कार्तिक २०७९ ४:२४
माध्यमिक तहमा ३७० जना परीक्षार्थी भएनन् सिफारिस

काठमाडौँ- शिक्षक सेवा आयोग माध्यमिक तह खुला तर्फको १ हजार ५५२ शिक्षकको विज्ञापनमा १ हजार १८२ जना मात्रै सिफरिस भएका छन्। आयोगले लिएको लिखित र अन्तर्वार्तामा आश्यकताभन्दा ३७० जना परीक्षार्थी अनुत्तीर्ण भएका हुन्।

माध्यमिक तहको नेपाली विषयमा २३३ जना शिक्षक माग गरिएकोमा १८० जना सिफारिस भएका छन्। यस्तै अंग्रेजीमा ३१४ माग भएकोमा २९१ जना, गणितमा २८९ माग भएको मध्य १३८ जना, विज्ञानमा ४३६ माग गरिएको मध्य ३४९ जना, सामाजिक विषयमा २०१ माग भएकोमा १८३ जना, अर्थशास्त्रमा माग गरिएको १० जनामध्य ६ जना र कार्यालय सञ्चालन तथा लेखामा ५१ जना माग गरिएको मध्य ४४ जना सिफारिस भएका हुन्।

प्रदेश अनुसारको नतिजा हेर्दा मधेश प्रदेशमा नेपाली विषयमा ३२ जना माग गरिएको मध्य १९ जना मात्र सिफारिस भए। गणितमा १७ जना मध्य ४ जना, विज्ञानमा २२ जना मध्य ६ जना, सामाजिक विषयमा १० जना मध्य ९ जना र लेखामा ५ जना मध्ये २ जना सिफारिस भएका छन्।

यस्तै प्रदेश १ मा नेपाली विषयमा ६१ जना माग गरिएकोमा ५३ जना, गणितमा ७६ मध्य २८ जना, अर्थशास्त्रमा २ मध्य १ जना सिफारिस भएका छन्। कर्णाली गणित विषयमा २९ जना माग भएकोमा आठ जना, सुदूरपश्चिम १६ जना माग भएकोमा नौ जना सिफारिस भए। बागमतीमा विज्ञानमा ९१ जना माग भएकोमा ६९ जना र कर्णालीमा ३५ जना माग भएकोमा २२ जना सिफारिस भएका हुन्।

आयोगले नयाँ रिक्त दरबन्दीको विवरण संकलन गरेर निर्वाचन पश्चात नयाँ विज्ञापन खोल्ने तयारी गरेको छ।आयोगले सिफारिस नभएका ३७० जना सहित रिक्त दरबन्दी थप गरेर नयाँ विज्ञापन गरिने जनाएको छ।

प्रकाशित: २८ कार्तिक २०७९ ४:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast