ऐश्वर्याको फिल्मले ४ दिनमा कमायो २०० करोड भारु

हिमाल प्रेस १९ वैशाख २०८० १६:१४
ऐश्वर्याको फिल्मले ४ दिनमा कमायो २०० करोड भारु

काठमाडौँ- बलिउड अभिनेत्री ऐश्वर्या राय अभिनीत फिल्म ‘पोन्नियन सेल्वन २’ले संसारभरि दुई सय करोड भारु कमाएको छ। मणि रत्नमको निर्देशनमा बनेको फिल्म अप्रिल २८ मा प्रदर्शनमा आएको हो।

फिल्म दुई सय करोड क्लबमा प्रवेश गरेको मणि रत्नमको इन्टरटेनमेन्ट कम्पनी मद्रास टकिजले जनाएको छ। कम्पनीले ट्वीटरमा फिल्मको कमाइबारे सानो भिडियो सेयर गरेको छ। जसमा दुई सय करोड भारु कमाइ गरेको खुलाएको छ।

चार दिनमै दुई सय कमाउने फिल्मले ४५ दिनमा तीन हजार करोड भारुभन्दा बढी कमाउने कतिपयले अनुमान पनि गरिरहेका छन्।

फिल्म २०२२ मा ‘पोन्नियन सेल्वन’को दोस्रो भाग हो। फिल्म कल्की कृष्णमूर्तिको उपन्यासमा आधारित छ। ऐश्वर्या फिल्ममा राजकुमारी नन्दिनीको भूमिकामा छिन्। फिल्ममा उनीबाहेक चियान विक्रम, तृषा, जयराम रवि, कार्थी, शोभिता धुलिपाल, प्रकाश राज, जयाम, प्रभुलगायत कलाकारको अभिनय रहेको छ।

प्रकाशित: १९ वैशाख २०८० १६:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast