‘दौँतरी’मा गरिमा अनुबन्धित

हिमाल प्रेस १७ वैशाख २०८० १७:३० | Sunday, April 30, 2023
‘दौँतरी’मा गरिमा अनुबन्धित

काठमाडौँ- मधुसूदन भट्टराईको निर्देशनमा बन्ने फिल्म ‘दौँतरी’मा चर्चित मोडल गरिमा शर्मा अनुबन्धित भएकी छिन्। गत शनिबार मोडल गरिमा र फिल्म निर्माण युनिटबीच सम्झौता भएको निर्माण टिमले जानकारी दिएको छ। गरिमाले यसअघि अभिनय गरेकाे फिल्म ‘लण्डन टु पेरिस’ प्रदर्शनको तयारीमा छ।

निर्माण टिमका अनुसार ‘दौँतरी’ फिल्मको छायांकन वैशाखको अन्तिम साताबाट सुरु हुनेछ। फिल्ममा यसअघि आर्यन सिग्देल, मुकुन भुसाल, साक्षी लम्साल अनुबन्धित भइसकेका छन्।

लक्ष्मण सुवेदीको लेखन रहेको फिल्मका निर्माता छिरिङ तेन्दुप शेर्पा, विजय चन्द, भुवनकुमार काफ्ले हुन्। जय माँ दुर्गा फिल्मस्को ब्यानरमा बन्ने फिल्मको कथावस्तु प्रेमकथामा आधारित रहने बताइएको छ।

प्रकाशित: १७ वैशाख २०८० १७:३० | Sunday, April 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast