 फाइल तस्बिर।
                             फाइल तस्बिर।
                                            पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वैशाख २१ गते विश्वासको मत लिने भएका छन्।
प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १८३ को उपधारा (१) बमोजिम सो दिन आह्वान गरेको बैठकमा पाण्डेले विश्वासको मत लिने भएका हुन्।
पाण्डे बिहीबार गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन्। उनलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित ३५ जना सांसदको समर्थन छ।
यसअघि नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि कांग्रेसले गण्डकी सरकारको नेतृत्व गर्ने भएको हो।

                            प्रकाशित: १७ वैशाख  २०८० १७:०३ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 