महावीर पुनको मागप्रति राप्रपाको समर्थन

हिमाल प्रेस १६ वैशाख २०८० १५:३६ | Saturday, April 29, 2023
महावीर पुनको मागप्रति राप्रपाको समर्थन

काठमाडौँ- राप्रपाले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले अघि सारेका मागप्रति समर्थन व्यक्त गरेको छ। अनुसन्धान र आविष्कारका लागि बजेट छुट्याउन माग गर्दै काठमाडौँको माइतीघरमा धर्ना दिइरहेका पुनलाई भेट्दै राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले समर्थन व्यक्त गरेका हुन्।

मिश्रले राज्यको विवेक जगाउनका लागि पुनले सुरु गरेको धर्नाको निकै महत्त्वपूर्ण रहेको बताए। राज्य कमजोर भएपछि नागरिक नै अघि सर्नुपर्ने देखिएकाले पुनको दबाब कार्यक्रम अन्त्य सान्दर्भिक रहेको मिश्रको भनाइ थियो।

पुनले अघि सारेका मागहरूलाई तत्काल पूरा गर्न पनि मिश्रले सरकारसाग माग गरे। पुनले पुराना सकै कुरा बिर्सेर नयाँ कामको सुरुवात गर्न आफूले ४ बुँदे माग अघि सारेको बताए। पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक जनआन्दोलन र धर्ना सुरु गरेका छन्।

उनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि संघीय तथा प्रदेश सरकारले आफ्नो विकास बजेटको १ प्रतिशत रकम छुट्याउनुपर्ने लगायतका माग राखेका छन्।

प्रकाशित: १६ वैशाख २०८० १५:३६ | Saturday, April 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast