राष्ट्रपतिप्रति लोहनीको आरोप : छोटे राजाहरू खोकी लाग्दैमा विदेश जान थाले

हिमाल प्रेस १६ वैशाख २०८० १३:५३ | Saturday, April 29, 2023
राष्ट्रपतिप्रति लोहनीको आरोप : छोटे राजाहरू खोकी लाग्दैमा विदेश जान थाले फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का पूर्वअध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले देशको नेतृत्वमा धनवादीहरूको प्रवेश भएको बताएका छन्।

शनिबार माइतीघर मण्डलामा महावीर पुनको आन्दोलनलाई समर्थन गर्न पार्टीको तर्फबाट धर्नास्थल पुगेका पूर्वअध्यक्ष लोहनीले नेताहरू सत्ताको लुछाचुँडीमा मात्रै केन्द्रित हुने गरेको बताएका छन्।

उनले नेपालमा नै उपचार हुनसक्ने कुरामा करोडौँ खर्च गरेर विदेश पठाइएकोप्रति पनि असन्तुष्टि जनाए। उनले वर्तमान नेताहरूलाई छोटे राजाको संज्ञा दिँदै सरकार र नेतृत्वले मनोमानी गरिहरहेको आरोप लगाए। उनले राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि भारत गएको प्रति संकेत गरेका थिए।

उनले नेताहरूलाई करोडौँ रुपैयाँ दिएर विदेशमा उपचार गराउन पठाउने तर र आविष्कारको क्षेत्रमा लगानी नगरेर वैज्ञानिक समाजवाद कसरी आउँछ ? भन्दै प्रश्न गरे।

प्रकाशित: १६ वैशाख २०८० १३:५३ | Saturday, April 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast