‘प्रसाद-२’ सत्तालोभ र जातीय विभेदको कथा हो : अर्पण थापा

हिमाल प्रेस १५ वैशाख २०८० १३:३४ | Friday, April 28, 2023
‘प्रसाद-२’ सत्तालोभ र जातीय विभेदको कथा हो : अर्पण थापा

पोखरा- कलाकार अर्पण थापाले नेपाली फिल्म ‘प्रसाद-२’ समाजमै घटित विषयवस्तुको कथा भएको बताएका छन्। शुक्रबारदेखि प्रदर्शनमा आएको यो फिल्म खासगरी सत्तालोभ र जातीय विभेदको कथा भएको उनको भनाइ छ।

चलचित्र पत्रकार संघ कास्की शाखाले गरेको नयाँ वर्षको क्यालेण्डर विमोचन समारोहमा उनले फिल्मले सामाजिक मनोभावनालाई देखाउन खोजेको बताए।

‘समाजमा राजनीतिलाई कतिसम्म दुर्गन्धित बनाइएको छ भन्ने विषयलाई उठान गरिएको छ। जातीय विभेदका कारण भोग्नुपर्ने समस्यालाई देखाउन खोजिएको छ। व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नहुँदा नागरिकका अधिकार पिल्सिएको कथावस्तु प्रस्तुत गरिएको छ,’ उनले भने।

उनले फितलो कन्टेन्टलाई दर्शकले रुचाउन छोडेको भन्दै बलियो कन्टेन्ट आवश्यक रहेको पनि औंल्याए। पछिल्लो समय नेपाली चलचित्र क्षेत्रका लागि सुखद रहेको बताउँदै उनले फिल्मको विकासमा सबै जुट्नुपर्ने धारणा राखे। यो फिल्म कास्कीको घलेलमा पनि सुटिङ भएको थियो।

प्रकाशित: १५ वैशाख २०८० १३:३४ | Friday, April 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast