‘आइस रोड २’को छायांकनका लागि नेपाल आउँदै लियाम निसन

हिमाल प्रेस १५ वैशाख २०८० १०:५७ | Friday, April 28, 2023
‘आइस रोड २’को छायांकनका लागि नेपाल आउँदै लियाम निसन

काठमाडौँ- हलिउडका चर्चित अभिनेता लियाम निसन नेपाल आउने हलिउड इन्टरटेनमेन्ट पत्रिका ‘डेडलाइन’ले जनाएको छ। उनी आफ्नो नयाँ फिल्म ‘आइस रोड २ : रोड टू द स्काई’का लागि नेपाल आउने पत्रिकाले खुलाएको छ।

‘टेकन’, ‘सिन्डलर्स लिस्ट’ लगायत फिल्ममा काम गरेका निसन एक्सन हिरोका रूपमा प्रसिद्ध छन्। सन् २०२१ मा प्रदर्शनमा आएको फिल्म ‘द आइस रोड’को यो दोस्रो भाग हो। जसमा उनी आइस रोड चालक माइक म्याकनको भूमिकामा देखिनेछन्।

जसले आफ्नो स्वर्गीय भाइको अन्तिम इच्छालाई सम्मान गर्छ। भाइको अस्तु सेलाउन म्याकन नेपालको यात्रामा निस्किन्छ। यही कथामा आधारित फिल्मको छायांकनका लागि निसन नेपाल आउनेछन्।

प्रकाशित: १५ वैशाख २०८० १०:५७ | Friday, April 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast