प्रतिनिधिसभा बैठक : संसदीय समितिलाई पूर्णता दिने कार्यसूची

हिमाल प्रेस १५ वैशाख २०८० ७:२४ | Friday, April 28, 2023
प्रतिनिधिसभा बैठक : संसदीय समितिलाई पूर्णता दिने कार्यसूची

काठमाडौँ- संघीय संसद्‌को तल्लो सदन (प्रतिनिधिसभा)को बैठक आज (शुक्रबार) बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकका लागि सम्भावित एउटा कार्यसूची छ।

शुक्रबारको बैठकमा सभामुख देवराज घिमिरेले १० वटा विषयगत (संसदीय समिति)मा रहने प्रतिनिधिसभाका सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गर्ने भएका छन्।

प्रमुख राजनीतिक दलहरूबीच समितिको नेतृत्वको सम्बन्धमा भागबन्डा मिलेपछि समितिलाई पूर्णता दिन लागिएको हो।

यसअघि प्रमुख ३ दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बीचमा संसद्‌बाट छिट्टै विधेयक पारित गरेर संवैधानिक परिषद्‌को बैठक बोलाइ प्रधानन्यायाधीशको नियुक्ति सिफारिस गर्ने सहमति भएको थियो।

तर, एमालेले बुधबारको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विधेयकको प्रावधानहरूका सन्दर्भमा प्रश्न उठाएपछि विधेयक कार्यसूचीबाट हटेको थियो।

 

प्रकाशित: १५ वैशाख २०८० ७:२४ | Friday, April 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast