घोराही-तुलसीपुर सडक कम लागतमा सम्पन्‍न गर्ने सञ्‍चारमन्त्री शर्माको प्रतिबद्धता

हिमाल प्रेस १४ वैशाख २०८० १५:४३ | Thursday, April 27, 2023
घोराही-तुलसीपुर सडक कम लागतमा सम्पन्‍न गर्ने सञ्‍चारमन्त्री शर्माको प्रतिबद्धता फाइल तस्बिर।

देउखुरी– सञ्चार तथ सूचना प्रविधिमन्त्री रेखा शर्माले घोराही-तुलसीपुर ४ लेन सडक आयोजनाको काम नयाँ ढंगबाट थालनी गर्ने प्रक्रिया अघि बढेको बताएकी छन्। प्रेस सेन्टर दाङले बिहीबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएकी हुन्।

भारतीय एक्जिम बैंकको लगानीमा भारतीय निर्माण कम्पनीबाट सडक निर्माणको काम गर्दा समस्या भएको जनाउँदै उक्त आयोजनाको कामलाई चाँडै नै नयाँ ढंगबाट प्रक्रिया अघि बढाउने विषयमा सरकारले गृहकार्य सुरु गरेको उनले जानकारी दिइन्।

भारतीय निर्माण कम्पनीले कामको जिम्मेवारी लिएर अहिलेसम्म ९ वटा ठेकेदारलाई काम गर्न लगाउँदा पनि भौतिक प्रगति नदेखिएको हुँदा ठेक्का प्रक्रिया रद्द गरी एक्जिम बैंकको लगानीलाई नेपाली निर्माण कम्पनीबाट गराउने गरी नीतिगत रूपमा सहमत जुटाउने काम भइसकेको उनको भनाइ छ।

असारअघि नै ४ लेन सडक निर्माणलाई नयाँ ढंगबाट अघि बढाइने उनले प्रतिबद्धता व्यक्त गरिन्। काम नहुँदा अस्तव्यस्त र जीर्ण बनेको सडक निर्माण कम्पनीले काम नगर्दासम्म सरकारले बजेट विनियोजन गरेर सडक मर्मत गर्ने उनले उल्लेख गरिन्।

देशमा आर्थिक संकट गहिरिँदै गएको हुँदा सरकारले बजेटको सिलिङ घटाएर कम लगानीमा बढी प्रतिफल दिने योजनालाई प्राथमिकतामा राख्ने खोजेको बताइन्।

अधिकांश स्थानमा अनावश्यक कर्मचारी भर्ती हुँदा खर्च बढेको, अनुत्पादक क्षेत्रमा बजेट खर्च हुँदा राज्यलाई व्ययभार बढेको, नागरिकलाई लाभ हुने आयोजना भन्दा विकासे आयोजनामा बजेट परेकोजस्ता समस्या र गुनासो आएको हुँदा अत्यावश्यक बाहेकका ठाउँमा कर्मचारी कटौतीदेखि कम लागतमा बढी प्रतिफल दिने क्षेत्रमा सरकारले बजेट विनियोजन गर्न गरी प्रक्रिया अघि बढाएको जानकारी गराए।

प्रकाशित: १४ वैशाख २०८० १५:४३ | Thursday, April 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast