एभरेष्ट बैंकले एसएमएल इसुजुका गाडीमा ७० प्रतिशत कर्जा लगानी गर्ने

हिमाल प्रेस १३ वैशाख २०८० २०:१८ | Wednesday, April 26, 2023
एभरेष्ट बैंकले एसएमएल इसुजुका गाडीमा ७० प्रतिशत कर्जा लगानी गर्ने

काठमाडौँ- नेपालका लागि एसएमएल इसुजुको आधिकारिक विक्रेता लक्ष्मी कमर्सियल भेहिकल्स प्रालि र एभरेष्ट बैंक लिमिटेडबीच सम्झौता भएको छ।

एसएमएल इसुजुका स्कुल बस, रुटबस, ट्रक, टिप्पर आदिमा लगानी गर्नेसम्बन्धी उक्त सम्झौतामा एभरेष्ट बैंकका डिपुटी जनरल म्यानेजर गौरव कुमार र लक्ष्मी कमर्सियलका सेल्स एण्ड अपरेशन डाइरेक्टर कपिल शिवाकोटीले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार लक्ष्मी कमर्सियलले नेपालमा आयात गरेर बिक्री गर्ने एसएमएल इसुजुका सबै गाडीमा बैंकले मूल्यको ७० प्रतिशतसम्म कर्जा लगानी गर्नेछ। कर्जा बढीमा ७ वर्षसम्मको लागि उपलब्ध हुने सम्झौतामा जनाइएको छ। साथै सर्भिस चार्ज र ब्याजदरमा पनि बैंकले सहुलियत उपलब्ध गराउने लक्ष्मी कमर्सियलका बिजेनेश हेड सञ्जय खड्काले जानकारी दिए।

लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी कमर्सियल भेहिकलस्‌ले भारतको चण्डीगढमा रहेको एसएमएल इसुजुको कारखानाबाट उत्पादित गाडी नेपालमा आयात तथा वितरण गर्दै आइरहेको छ। एसएमएल इसुजुले १४ सिट क्षमतादेखि ५५ सिट क्षमतासम्मका स्कुल बस, स्टाफ बस तथा ३ टन देखि ९ टन क्षमताका ट्रकदेखि ३ देखि ६ क्यूबिक मिटर क्षमताका टिप्पर बिक्री गर्दै आइरहेको छ।

लक्ष्मी ग्रुप सन् १९७३ मा स्थापित प्रतिष्ठित औद्योगिक घराना हो । लक्ष्मी ग्रुप हुण्डाईका प्यासेन्जर कार र बीएमडब्लूका कारको नेपालको एक मात्र आधिकारिक बिक्रेता हो। लक्ष्मी ग्रुपले हिरो इलेक्ट्रिकका स्कुटरको बिक्री पनि गर्दै आइरहेको छ।

प्रकाशित: १३ वैशाख २०८० २०:१८ | Wednesday, April 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast