विद्यार्थीलाई महालक्ष्मी विकास बैंकको सहयोग

हिमाल प्रेस १३ वैशाख २०८० १८:४८ | Wednesday, April 26, 2023
विद्यार्थीलाई महालक्ष्मी विकास बैंकको सहयोग

काठमाडौँ- महालक्ष्मी विकास बैंकले विद्यार्थीलाई सहयोग गरेको छ। बैंकले सामाजिक उत्तरदायित्वअन्तरर्गत जुनकिरी पब्लिक विद्यालय साँखुमा अध्ययनरत विद्यार्थीहरूलाई सहयोगस्वरूप झोला उपलब्ध गराएको हो।

बैंकले राउन्डटेबलसँगको सहकार्यमा विद्यार्थीलाई झोला उपलब्ध गराएको हो। राउन्डटेबलले विगत ३३ वर्षदेखि शिक्षा क्षेत्रमा काम गर्दै आएको छ। सोही संस्थाको छात्रवृत्ति कार्यक्रमअनुसार विद्यार्थीलाई झोला सहयोग गरेको बैंकको भनाइ छ।

बलबालिकाको शिक्षामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त सहयोग गरिएको बैंकले बताएको छ। झोला वितरण कार्यक्रममा उपसभामुख इन्दिरा राना मगर, शंखरापुर नगरपालिकाका मेयर रमेश नापित, विद्यालयका शिक्षक तथा विद्यार्थीहरू, राउन्ड टेबल नेपालका पदाधिकारी तथा र बैंकका अधिकारीहरूको उपस्थिति थियो।

प्रकाशित: १३ वैशाख २०८० १८:४८ | Wednesday, April 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast