काठमाडौँ- ‘मदन पुरस्कार-२०७९’का लागि मदन पुरस्कार गुठीले किताब पठाउन अनुरोध गरेको छ। २०७९ सालमा नेपाल भित्र र बाहिरबाट प्रकाशित नेपाली भाषाका पुस्तक पुरस्कारका लागि छनोट हुने गुठीले जनाएको छ।
किताबका तीनप्रति गुठीका लागि र एक प्रति संरक्षणका लागि मदन पुरस्कार गुठीको कार्यालयमा पठाउने अनुरोध गुठीद्वारा गरिएको छ। २०७९को चैत मसान्तसम्म प्रकाशित पुस्तक र विवरणपत्र पठाउने अन्तिम मिति २०८० वैशाख १५ रहेको छ।
मदन पुरस्कार नेपालको एक साहित्यिक सम्मान हो। जुन मदन पुरस्कार गुठीले क्यालेन्डर वर्षभित्र प्रकाशित नेपाली भाषामा उत्कृष्ट पुस्तकको लागि वार्षिक रूपमा प्रदान गर्छ। यसलाई नेपालको सबैभन्दा प्रतिष्ठित साहित्य पुरस्कार मानिन्छ।
प्रकाशित: १३ वैशाख २०८० १२:२८ | Wednesday, April 26, 2023
प्रतिक्रिया




