संवैधानिक परिषद्सम्बन्धी विधेयक पारित गर्ने तयारी

हिमाल प्रेस १३ वैशाख २०८० ६:५७ | Wednesday, April 26, 2023
संवैधानिक परिषद्सम्बन्धी विधेयक पारित गर्ने तयारी

काठमाडौँ- प्रतिनिधिसभाको बैठक बस्दैछ। संघीय संसद् भवन बानेश्वरमा आज दिउँसो ३ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ। आजको बैठकबाट संसदीय समितिको काम कारबाही सुरु हुनेछ।

जसअनुसार संसदीय सुनवाइ समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गरिनेछ।

बैठकमा, प्रतिनिधिसभा नियमावली २०७९ को नियम १८० अनुसार विशेष समिति गठन गर्नका लागि सांसद ईश्वरीदेवी न्यौपानेले प्रस्ताव पेस गर्ने तथा सांसद रघुजी पन्तले समर्थन गर्ने अर्को कार्यसूची पनि बनाइएको छ ।

आजको सम्भावित कार्यसूचीमा उल्लेख भए अनुसार संवैधानिक परिषद् सम्बन्धी विधेयक आजै पारित गरिनेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक २०७९ माथिको दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

संघीय संसद् सचिवालयका महासचिव भरतराज शर्माका अनुसार सो प्रस्तावलाई आजै निर्णयार्थ प्रस्तुत गरी आजै पारित गरिने गरी कार्यसूची तयार गरिएको छ।

प्रकाशित: १३ वैशाख २०८० ६:५७ | Wednesday, April 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast