‘हल्कारा’को ‘जीवन कठै बरी’ गीत आयो

हिमाल प्रेस १२ वैशाख २०८० १६:१४ | Tuesday, April 25, 2023
‘हल्कारा’को ‘जीवन कठै बरी’ गीत आयो

काठमाडौँ- फिल्म ‘हल्कारा’को आधिकारिक गीत ‘जीवन कठै बरी’ सार्वजनिक भएको छ। अभिनेता महेश त्रिपाठी र अभिनेत्री विनिता थापामगर मुख्य भूमिकामा रहेको फिल्मको गीतमा गायक प्रकाश सपुत र देवी घर्तीमगरको स्वर रहेको छ। गीतमा शब्द र संगीत पनि गायक सपुतकै रहेको छ।

फिल्म वैशाख २९ मा प्रदर्शनमा आउनेछ। लेखन र निर्देशन विक्रम सापकोटाको रहेको छ। अमेरिकामा बसोबास गर्दै आएका सापकोटा निर्देशित फिल्ममा गाउँमा चिठी पुर्याउने हल्काराको कथा छ। अमेरिकाका विभिन्न फेस्टिभलमा ‘हल्कारा’ पुरस्कृत भइसकेको छ। अमेरिकाको ‘वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल’ मा उत्कृष्ट फिल्म घोषित भएको थियो। त्यस्तै महेश त्रिपाठीले फिल्मका लागि उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए।

फिल्ममा महेश र विनिताबाहेक उमेश तामाङ, पशुपति राई, स्व। दीपक क्षेत्री, विद्या कार्कीलगायत कलाकारको अभिनय छ।

प्रकाशित: १२ वैशाख २०८० १६:१४ | Tuesday, April 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast