काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारविरुद्ध उभिएर समृद्धि प्राप्त गर्न आफू दृढ भएर अघि बढ्ने बताएका छन्।
चितवन २ मा भारी मतान्तरले निर्वाचित भएपश्चात गरिएको विजयी सभालाई सम्बोधन गर्दै लामिछानेले चितवनका जनताले देखाएको माया र विश्वासप्रति आफू सधैँ दृढ भएर अघि बढ्ने बताए।
सभापति लामिछानेले शिक्षा स्वास्थ्यलगायतका क्षेत्रमा काम गरेर चितवनबासीलगायत सबैलाई खुसीयाली दिने बताएका छन्।
उनले अहिले देखाएको मायालाई कायम राख्दै स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न युवाहरूलाई अपिल पनि गरे। लामिछानेले आउने ५ वर्ष संगठन विस्तारमा जोड दिने र देशभर घण्टी बजाउने उनले उद्घोष गरेका छन्।
प्रकाशित: १२ वैशाख २०८० १५:३०
प्रतिक्रिया