ढाकाकुमारको सांसद पद रिक्त

हिमाल प्रेस १२ वैशाख २०८० १३:०८ | Tuesday, April 25, 2023
ढाकाकुमारको सांसद पद रिक्त ढाकाकुमार श्रेष्ठ

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले निष्कासन गरेका सांसद ढाकाकुमार श्रेष्ठको पद आजबाट रिक्त हुने भएको छ।

सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठकमा आजै कारबाहीको सूचना दिन लागेका हुन्। कुनैपनि दलबाट निर्वाचित सदस्यलाई उक्त पार्टीले निष्कासन गरेपछि सांसदको पद रिक्त हुने व्यवस्था राजनीतिक दल सम्बन्धी ऐनको दफा ३४ मा उल्लेख छ।

यसरी दलले गरेको कारबाहीको सूचना सभामुखले प्रतिनिधिसभा बैठकमा सुनाउनुपर्नेछ। संसद बैठक नचलेको अवस्थामा सभामुखले यस्तो सूचना टाँस गर्नुपर्ने व्यवस्था उक्त ऐनमा छ।

वैशाख ३ गते राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद श्रेष्ठलाई निष्कासन गरेको पत्र संसद सचिवालयलाई दिएको थियो।

प्रकाशित: १२ वैशाख २०८० १३:०८ | Tuesday, April 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast