‘कैदीको पत्र’को गीत ‘कति साह्रो सुहाको’

हिमाल प्रेस १२ वैशाख २०८० १२:५९ | Tuesday, April 25, 2023
‘कैदीको पत्र’को गीत ‘कति साह्रो सुहाको’

काठमाडौँ- आगामी वैशाख १५ गतेदेखि प्रदर्शन हुने फिल्म ‘कैदीको पत्र’को ‘कति साह्रो सुहाको’ बोलको गीत सार्वजनिक भएको छ। गीत सोमबार ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

अञ्जु पन्त र सागर आलेको स्वर रहेको गीतमा सनमकुमार बैरागको शब्द र सुरेश सेन्चुरीको संगीत छ। सनमकुमार बैरागकै निर्देशन रहेको फिल्म स्वर्गीय साहित्यकार ईश्वर मानन्धरद्वारा लिखित कथा ‘कैदीको पत्र’मा आधारित छ।

प्रेमकथामा आधारित फिल्मको पटकथा तथा संवाद निर्देशक बैराग स्वयंकै छ।

फिल्ममा कुनाल विश्व, ब्रिटिश अभिनेत्री म्याडिसन लाजारस, सलिना थापा मगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिष श्रेष्ठ, सुस्मिता थापा, किरण कार्की, तपस्या शिवाकोटीलगायत कलाकारले अभिनय गरेका छन्।

रामेश्वर कार्कीको छायांकन रहेको फिल्म अर्जुन जीसीले सम्पादन गरेका छन्। दिल घले, नानी बैराग, कैलाश विश्वकर्मा र हिराल जोशी फिल्मका निर्माता हुन्।

प्रकाशित: १२ वैशाख २०८० १२:५९ | Tuesday, April 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast