काठमाडौँ- चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेले फराकिलो अग्रता बनाएका छन्। प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत जारी मतगणनामा लामिछानेले निकटतम् प्रतिस्पर्धीलाई झन्डै २९ हजार मतले उछिनेका हुन्।
लामिछानेले ३६ हजार १ सय ५८ मत ल्याउँदा कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले ७ हजार १ सय ४८ मत ल्याएका छन्। तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले ६ हजार ६ सय ५१ मत पाएका छन्। आइतबार भएको मतदानमा चितवन–२ मा ७८ हजार २७७ मत खसेको थियो।
प्रकाशित: १२ वैशाख २०८० ५:३७
प्रतिक्रिया