द ब्रिटिस कलेजले ‘हल्ट प्राइज’ आयोजना गर्दै

हिमाल प्रेस २० कार्तिक २०७९ ४:०८
द ब्रिटिस कलेजले ‘हल्ट प्राइज’ आयोजना गर्दै

काठमाडौँ- थापाथलीस्थित द ब्रिटिस कलेजले पुनः ‘हल्ट प्राइज’को आयोजना गर्ने भएको छ। हल्ट प्राइज फाउन्डेशनद्वारा स्थापित यस कार्यक्रम उद्यमशीलता, नवप्रवर्तन, र स्टार्टअपको क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको छ।

यस कार्यक्रममार्फत सहभागीहरूले आफ्ना सिर्जनात्मक विचार निर्णायक मण्डलमाझ प्रस्तुत गर्न सक्ने आयोजकले जनाएको छ। यस कार्यक्रममा मुख्यतः चार चरण हुन्छन्। जसमा अन-क्याम्पस, क्षेत्रीय, ग्लोबल एक्सेलेरेटर र ग्लोबल फाइनल रहेका छन्।

यी चरण पार गरेपछि निर्णायकले विजेताको घोषणा गर्नेछन्। विजेताले लगानीको लागि १ मिलियन डलर प्राप्त गर्नेछन्। हल्ट प्राइज संयुक्त राष्ट्र संघमा आधारित कार्यक्रम हो। जुन हरेक वर्ष विश्वविद्यालयस्तरका विद्यार्थीका लागि दिगो विकासका लक्ष्यमा आधारित विभिन्न विषयवस्तुका लागि १२० देशमा आयोजना हुँदै आएको छ।

यस वर्षको विषय भने ‘रिडिजाइनिङ फेसन’ रहेको छ। यसअघि हल्ट प्राइज फाउन्डेसनद्वारा केन्याको नैरोबीमा आयोजना भएको ‘सेन्ट्रल साउथ एशिया प्रोग्राम अफ द इयर’ कार्यक्रमको लागि ब्रिटिस कलेजले ग्रिशम तिवारी र सन्दीप यादवलाई छनोट गरी सहभागी हुन पठाएको थियो। द ब्रिटिस कलेज २०२२-२०२३ को हल्ट प्राइजका लागि प्रज्वलिता विष्ट महिला क्याम्पस निर्देशकमा नियुक्त भएकी छन्।

उनीसँग दुई डीसीडी, सन्दीप यादव र सुजित ज्ञवालीसहित २० जना आयोजक समितिका सदस्य छन्। निर्देशक विष्टका अनुसार कार्यक्रममा सहभागी हुन इच्छुक टीबीसीका विद्यार्थीले नोभेम्बरको मध्यसम्म आवेदन दिन सक्नेछन्। इच्छुक सहभागीहरूले तीन देखि पाँच सदस्यहरूको टोली बनाउनुपर्नेछ।

प्रकाशित: २० कार्तिक २०७९ ४:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 15 =