‘जनसंख्या बढ्नु भारत सरकारको असफलता’

हिमाल प्रेस ९ वैशाख २०८० १५:४४ | Saturday, April 22, 2023
‘जनसंख्या बढ्नु भारत सरकारको असफलता’

काठमाडौँ- उत्तरप्रदेशका पूर्वमुख्यमन्त्री अखिलेश यादवले जनसंख्या बढ्नु भारत सरकारको असफलता रहेको बताएका छन्। चीनलाई उछिन्दै भारत विश्वमै सबैभन्दा बढी जनसंख्या भएको देश बन्न लागेकोप्रति टिप्पणी गर्दै यादवले जनसंख्या बढ्नु सरकारको असफलता रहेको बताएका हुन्।

समाजिक सञ्जाल ट्वीटरमा भारतको जसनंख्या बढ्नु चिन्ताको विषय रहेको उल्लेख गर्दै उनले सरकारको असफलता रहेको उल्लेख गरेका छन्।

गरिबी र बेरोजगारीका कारण कमाउने उद्देश्य राखेर मानिसले बढी बच्चा जन्माउने गरेको तर्क उनले गरेका छन्। त्यस्तै भारतमा स्वास्थ्य क्षेत्रको स्थिति पनि नाजुक रहेको र बालमृत्यु अत्यधिक रहेकाले पनि बढी बच्चा जन्माउने गरेको उनको भनाइ छ।

त्यस्तै जनघनत्व तथा त्यसकाे असरबारे सर्वसाधारणमा ज्ञान नभएका कारण पनि बढी बच्चा जन्माउने गरेको उनले उल्लेख गरेका छन्।

यसअघि संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए)ले चीनलाई उछिन्दै भारत विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बन्न लागेको प्रतिवेदन सार्वजनिक गरेको थियो।

प्रकाशित: ९ वैशाख २०८० १५:४४ | Saturday, April 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast