प्रदेश नामकरण आन्दोलनमा निधन भएका लिम्बुको अन्त्येष्टि आज

हिमाल प्रेस ९ वैशाख २०८० ९:२९ | Saturday, April 22, 2023
प्रदेश नामकरण आन्दोलनमा निधन भएका लिम्बुको अन्त्येष्टि आज

काठमाडौँ- प्रदेश नामकरणको विरोधमा आन्दोलनका क्रममा निधन भएका पदमकुमार लिम्बुको अत्येष्टि आज गरिँदैछ।

शवयात्रापछि शनिबार दिउँसो अन्त्यष्टि गरिने प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले जनाएको छ।

आज बिहान १० बजे धरानमा, ११ बजे इटहरी र साढे १२ बजे रोडशेष चोक विराटनगरमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ।

श्रद्धाञ्जली सभापछि प्रदेशसभा परिक्रमा गरी २ः३० बजे शहीद लिम्बुको घर बेलबारीमा शव पुर्‍याउने कार्यक्रम तय भएको संघीय लिम्बुवानका सुनसरी जिल्ला अध्यक्ष अमर इजमले जानकारी दिए। अपराह्न ४ बजे उनको अन्तिम संस्कार गरिनेछ।

प्रदेश १ को नाम कोशी पारित भएपछि पहिचानको आधारमा नामकरणको माग गर्दै चैत ५ गते भएको आन्दोलनका क्रममा प्रहरीको लाठी लागेर घाइते लिम्बुको उपचारकै क्रममा चैत १० गते मृत्यु भएको थियो।

संघर्ष समितिको माग अनुसार चैत २४ गतेको मन्त्रिपरिषद् बैठकले लिम्बुलाई शहीद घोषणा गरेको थियो।

प्रकाशित: ९ वैशाख २०८० ९:२९ | Saturday, April 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast