सिंहदरबारभित्रको फोहोर उठाउन महानगरलाई सर्वोच्च अदालतको आदेश

हिमाल प्रेस ८ वैशाख २०८० १६:३२ | Friday, April 21, 2023
सिंहदरबारभित्रको फोहोर उठाउन महानगरलाई सर्वोच्च अदालतको आदेश सर्वोच्च अदालत

काठमाडौँ- सिंहदरबारभित्रको फोहोर उठाउन महानगरविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।  न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले शुक्रबार उक्त आदेश गरेको हो। अधिवक्ता पदमबहदुर श्रेष्ठले महानगरको सिंहदरबारको फोहोर नउठाउने निर्णय खारेज गर्न माग गर्दै सर्वोच्चमा रिद दर्ता गरेका थिए।

श्रेष्ठले रिटमा महानगरको उक्त निर्णयले नागरिकको स्वच्छ वातारणमा बाँच्न पाउने अधिकार हनन् भएको भन्दै रिट दिएका थिए। राउतको इजलासले आफ्नो आदेश प्राप्त गरेको मितिले तीन दिनभित्र फोहोर उठाउन अन्तरिम आदेश दिएको सर्वोच्च अदालतले जनाएको छ।

काठमाडौँको सुकुम्बासी बस्ती हटाउन संघ सरकारले असहयोग गरेको भन्दै बालेनले दबाब दिन सिंहदरबारको फोहोर नउठाउन निर्देशन दिएका थिए। उनले चैत २६ गते सिंहदरबारसहित देशका प्रमुख प्रशासनिक निकायको फोहोर नउठाउन निर्देशन दिएपछि अहिले फोहोर उठेको छैन।

प्रकाशित: ८ वैशाख २०८० १६:३२ | Friday, April 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast