भ्रष्टाचारको फाइल खोल्छु भनेपछि ममाथि षडयन्त्र गरियो : रवि लामिछाने

हिमाल प्रेस ७ वैशाख २०८० १९:०२ | Thursday, April 20, 2023
भ्रष्टाचारको फाइल खोल्छु भनेपछि ममाथि षडयन्त्र गरियो : रवि लामिछाने फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आफू देशले नै न्याय पाउनुपर्छ भनेर चितवनमा चुनाव लड्न आएको बताएका छन्। आज चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले आफू आफ्नो न्यायका लागि नभई देशको न्यायका लागि आएको बताएका हुन्।

भ्रष्टाचारको फाइल खोल्छु भनेपछि आफूविरुद्ध षडयन्त्र रचिएको उनको दाबी छ।
‘मैले गृहमन्त्रीका रूपमा भ्रष्टाचारको फाइल खोल्छु भनेपछि ममाथि षड्यन्त्र भएको हो। तपाईँहरूले पाँच वर्षका लागि बत्ती बालिदिनुभएको थियो,’ उनले भने, ‘पाँच महिनामै निभ्न पुग्यो। अब फेरि बत्ती बालिदिनुहोला।’  वैशाख १० मा उपनिर्वाचन हुँदैछ। आजै राति १२ बजेदेखि मौन अवधि सुरु हुनेछ।

प्रकाशित: ७ वैशाख २०८० १९:०२ | Thursday, April 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast