एक सातामा एक करोडभन्दा बढीले हेरे ‘सकम्बरी’

हिमाल प्रेस ७ वैशाख २०८० १६:२३ | Thursday, April 20, 2023
एक सातामा एक करोडभन्दा बढीले हेरे ‘सकम्बरी’

काठमाडौँ- गायक प्रकाश सपुतको गीत ‘सकम्बरी’ले सार्वजनिक भएको एक सातामा एक करोडभन्दा बढी भ्युज पाएको छ। रिलिज भएको सात दिनमै युट्युबमा एक करोडभन्दा बढी भ्युज बटुलेर गीतले कीर्तिमान बनाएको छ।

‘सकम्बरी’ नेपालमा सबैभन्दा छिटो करोड भ्युजको आँकडा पूरा गर्ने पहिलो युट्युब सामग्री बनेको छ। गीत अहिले नेपालमा ट्रेन्डिङमा नम्बर एकमा छ।

गीत अहिले विवादमा छ। सामाजिक सञ्जालमा त्यसको पक्ष र विपक्षमा दोहोरी चलिरहेको छ। गीतले महिलालाई गलत रूपमा चित्रण गरेको भन्दै केही गीतको विपक्षमा उत्रिएका छन् भने केहीले समाजको वास्तविकता देखाएको भन्दै गीतको प्रशंसा गरिरहेका छन्।

आर्थिक अभाव र समस्याका कारण कामको खोजीमा सहर भित्रिएकी युवती बाध्यता र महत्वाकांक्षाका कारण गलत बाटो रोजेको म्युजिक भिडियोमा देखाइएको छ। उनको अभाव र समस्याको फाइदा उठाउँदै पुरुषहरूले उनीमाथि गरेको यौन उत्पीडनको कथा पनि भिडियोमा देखाइएको छ।

प्रकाश सपुत र व्रत गन्धर्वको स्वर रहेको गीतमा शब्द प्रकाश सपुतकै रहेको छ। संगीत संयोजन सुदीप सागरले गरेका हुन्। बाँसुरीमा रत्न बिक, सारंगी हेमन्त कान्छा रसाइली, गितारमा सञ्जीव बराइली, तबलामा भुवन गन्धर्व र मादलमा पोसन घर्तीमगर रहेका छन्।

प्रकाश सपुतकै निर्देशनमा बनेको म्युजिक भिडियोमा विवेक खड्काको कोरियोग्राफी रहेको छ। भिडियोमा कुसुम शर्मा, सुनील थापा, निक्स शर्मा, सञ्जोग रसाइली, सरस्वती अधिकारीलगायत कलाकारले अभिनय गरेका छन्।

प्रकाशित: ७ वैशाख २०८० १६:२३ | Thursday, April 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast