अमिताभकी नातिनीले गरिन् युट्युबविरुद्ध अदालतमा याचिका दायर

हिमाल प्रेस ७ वैशाख २०८० १५:३३ | Thursday, April 20, 2023
अमिताभकी नातिनीले गरिन् युट्युबविरुद्ध अदालतमा याचिका दायर

काठमाडौँ- भारतीय अभिनेता अमिताभ बच्चनकी नातिनी, अभिषेक बच्चन र ऐश्वर्या रायकी छोरी आराध्या बच्चनले केही युट्युब च्यानलविरुद्ध दिल्ली उच्च अदालतमा याचिका दायर गरेकी थिइन्।

झुटो खबरमा रोक लगाउने जिम्मेवारी युट्युब च्यानलको रहेको भन्दै त्यस मामिलामा दिल्ली उच्च अदालतले सुनुवाइ गरेको छ। अदालतले गुगल र युट्युब च्यानलसँग लिखित जबाफ मागेको छ। साथै अदालतले गुगललाई आईटी नियम २०२१ का नियम कडा रूपमा पालन गर्न भनेको छ।

केही दिनअघि केही युट्युब च्यानलले आराध्याको स्वास्थ्यबारे झुटो समाचार प्रसारण गरेका थिए। ११ वर्षीया आराध्या तिनै युट्युब च्यानल र तिनमा आफूबारे रहेको जानकारीमा रोक लगाउन माग गर्दै याचिका दायर गरेकी थिइन्।

अदालतले पनि ती युट्युब भिडियोमा असहमति जनाएको छ। हरेक बालबालिकालाई सम्मानका अधिकार रहेकोले यस्ता गलत भिडियोलाई सेयर नगर्न भनेको छ।

प्रकाशित: ७ वैशाख २०८० १५:३३ | Thursday, April 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast