‘हायर मी’ले बनायो जब पोर्टल र एप

हिमाल प्रेस ७ वैशाख २०८० ११:३४ | Thursday, April 20, 2023
‘हायर मी’ले बनायो जब पोर्टल र एप

काठमाडौँ- नयाँबानेश्वरस्थित हायर मी सर्भिस प्रालिले बिहीबार आफ्नो जब पोर्टल र एप सार्वजनिक गरेको छ। बेरोजगार व्यक्तिहरूलाई रोजगारी प्राप्त गर्न सहज होस् भन्ने उद्देश्यका साथ सञ्चालन भएको कम्पनीले मातातीर्थ औँशीका दिन जब पोर्टल र एप सार्वजनिक गरेको हो।

यो एपलाई गुगल प्लेस्टोरमा गएर हायर मी सर्च गरी डाउनलोड गर्न सकिनेछ। ‘अहिलेको समय प्रविधिको हो। मान्छेलाई छिटो, छरितो र सहज सेवा चाहिएको हुन्छ। सो सेवा प्रदान गर्नकै लागि सफ्टवेयरको विकास गरेका हौँ,’ सञ्चालक लक्ष्मण जोशीले भने।

उनले रोजगारी प्रदान गर्न कम्पनीहरूसँग सहजीकरण गरिदिने, स्वरोजगार बन्न चाहनेहरूलाई तालिम प्रदान गर्ने, करियर काउन्सिलिङ प्रदान गर्ने, आउट सोर्सिङ र जब पोस्टिङलगायत काम गर्दै आएको बताए।

प्रकाशित: ७ वैशाख २०८० ११:३४ | Thursday, April 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast