सामन्तसँगको लडाइँ अझै सकिएको छैन : कृष्णबहादुर महरा

हिमाल प्रेस ६ वैशाख २०८० २१:१८ | Wednesday, April 19, 2023
सामन्तसँगको लडाइँ अझै सकिएको छैन : कृष्णबहादुर महरा फाइल तस्बिर

दाङ– नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले समुदायमा जातीय विभेद कायमै रहनु दुःखद् भएको बताएका छन्। दाङको राप्ती गाउँपालिकास्थित मसुरीयामा बुधबार आयोजित नेपाल दलित मुक्तिमोर्चा लुम्बिनी प्रदेशको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हु्न्।

जातीय विभेद अन्त्यका लागि अझै पनि संघर्ष आवश्यक रहेको उनको भनाइ छ । मानव जातिमा दुई वटामात्र थर रहेको तर समाजमा अझै पनि दलितको नाममा विभेद कायमै रहेको भन्दै उनले दु:ख व्यक्त गरे।

‘हामीले यसरी वर्गीय विभेदलाई निर्मूल पार्नका लागि लडाइँ लड्दै गर्दा पनि देशका कैयौं ठाउँमा दलित कुटिएका छन्, हेपिएका छन्, दुर्व्यव्यहारमा परेका छन्, सामन्तसँगको लडाइँ अझै सकिएको छैन,’ उनले भने। पूर्वसभामुखसमेत रहेका उनले दलित भन्ने शब्द अन्त्य गरिनुपर्ने बताउँदै वर्तमान सरकार यथास्थितिमा सञ्चालन हुने र बिग्रेको अर्थतन्त्रलाई सुधार गर्दै लैजानेमा आफू आसावादी रहेको स्पष्ट पारे।

प्रकाशित: ६ वैशाख २०८० २१:१८ | Wednesday, April 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast